निर्मला प्रकरण : धर्ना बसेका परिवारको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिदैँ

Nepal Life Insurance Long Ad

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यापछि न्यायको खोजीमा धर्ना बसेका छन् बाबुआमासहितको परिवारको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

घटना भएको करिब चार महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडितका परिवारले गत आइतबारबाट जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्ना सुरु गरेका थिए । पाँच दिनदेखि निरन्तर रुपमा धर्नामा बसेका कारण पछिल्लो समय निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको छ । चिसोका कारण पीडित परिवारमा रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेका छन् ।

आफूहरु छोरीको न्यायका लागि धर्नामा बसे पनि सरकारी पक्षबाट कुनै वास्ता नभएको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन् । उनले धर्नाको पाँचौं दिन बितिसक्दा पनि सरकार पक्षका कुनै पनि अधिकारीले आफूहरुको मागका विषयमा चासो नदिएको गुनासो गरिन् ।

यता, चिसोका कारण निर्मलाका बुवा यज्ञराजको अवस्था निकै कमजोर भएको छ । उनको रक्तचाप घटेर ६७ पुगेको चिकित्कको भनाइ छ । उनीहरुको स्वास्थ्य जाँच महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराको टोलीले गरेको थियो । यस्तै, निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर स्वास्थ्यकर्मीसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...