कतारमा पक्राउ परेका ५ नेपालीको अवस्था अज्ञात

Nepal Life Insurance Long Ad

काठमाडौं। तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाइएको छैन । घटनाबारे सरकारी निकाय पनि मौन देखिएका छन् । पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । क्षत्री शाखाका उपाध्यक्षसमेत हुन् ।

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनयमार्फत् प्रस्तुत गरिएको थियो । नेपालबाट कतार आउँदा रोजगारदाताको शोषणमा पर्ने र अन्ततः मृत्यु भइ बाकसमा फर्कनुपर्ने अवस्थाको चित्रण अभिनयमा गरिएको थियो । अरबी पोसाक ९कन्दुरा० लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो ।

अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको थियो । अन्यलाई आफन्तसँग भेट्न तथा कुरा गर्न दिइएको छैन । एनआरएन संयोजक शर्मा उक्त कार्यक्रमका अतिथि थिए । उनलाई सुरक्षा निकायले त्यस किसिमको कार्यक्रम किन नरोकेको भनी सोधखोज गरिरहेको जनाएको छ ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...