बेहोस बनाएर निर्मलाका बाबुलाई उपचारका लागि ल्याइयो काठमाडौं

5.97K
shares

धनगढी । छोरीका हत्यारालाई कारवाहीको माग राख्दै धर्ना बस्दै आएका कञ्चनपुरका यज्ञराज पन्तको मानसिक सन्तुलन बिग्रेपछि उपचारका लागि धनगढी पुर्याइएका उनलाई जिल्ला प्रशासन कार्यालय कैलालीको पहलमा शनिबार राति निजी गाडीमा सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको छ ।

साउन १० गते बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मलाका आफन्त र परिवार जिल्ला प्रशासन अगाडी धर्नामा बस्दै आएको थियो ।

धर्नामै रहेका निर्मला पन्तका बुवा यज्ञराजको मानसिक अवस्था बिग्रदै गएपछि उपचारका लागि काठमाडौँ लैजान धनगढी विमान स्थल पुर्याए पनि उनको असामान्य ब्यबहारका कारण विमान मार्फत लैजान नसकिए पछि उनलाई धनगढी स्थित सेती अञ्चल अस्पतालमा ल्याइएको थियो ।

एक्कासी रुने, हाँस्ने, बर्वराउने, गाली गलौज गर्ने र ढुङगामुडा गर्न थालेपछि विमान मार्फत उनलाई काठमाडौँ लैजाने नसकिएको हो । सेती अञ्चल अस्पताल ल्याईएर राखिएका निर्मलाका बुवा यज्ञराजलाई शनिवार राति १०ः३० बजे सुरक्षाकर्मी सहित काठमाडौं पठाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

आफन्त र यज्ञराज लाई प्रहरी सहायक निरीक्षक दिपक धामीको नेतृत्वमा ३ जना प्रहरी सहित काठमाडौं पठाइएको हो । सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि।क लाई पनि उनीसंगै पठाइएको छ ।

उनलाई बुद्ध एयरबाट काठमाण्डौँ लग्नका लागी कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले टिकट काटेको भए पनि यज्ञराजले हाँस्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि बुद्ध एयरले लग्न नमानेपछि सेती अस्पताल ल्याइएकोे अधिकारकर्मी शारदा चन्दले बताइन् । सेती अञ्चल अस्पतालमा बेहेस गर्ने सुई लगाएपछि यज्ञराजलाई निजि स्कारपियोबाट काठमाडौं लगिएको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले उनलाई काठमाडौं पठाउन समन्वय गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083