राहतको पैसाले निर्मलाको घरमा तनाव, कान्छी आमाले षडयन्त्र गर्न खोजेको आरोप

6.4K
shares

भीमदत्तनगर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारमा तनाव देखिएको छ । पछिल्लो तनावको विषय राहतको पैसा रहेको श्रोतको दावी छ । यही तनावका कारण निर्मलाका बुवा यज्ञराज पन्त मानसिकरुपमा विमारी भएको समेत श्रोतको दावी छ ।

निर्मला यज्ञराजको जेठी श्रीमती दुर्गादेवी पन्तबाट जन्मेकी छोरी हुन । उनकी कान्छी श्रीमती भने भीमदत्तनगरकै वडा नं. २ भासीमा बस्ने गर्दछिन् ।“यसअघि पनि निर्मलाका बुवाले मानसिकरुपमा अस्वभाविक व्यवहार गरेका थिए ।” श्रोतले भन्यो, “त्यो बेला कान्छीका लागि नयाँ घर बनेको समय थियो ।

अहिलेकै जस्तो बिरामी भएपछि त्यो बेला निर्मलाकी आमा समेत भेटन गएकी थिइन । छिमकीहरुका अनुसार, निर्मलाकी कान्छी श्रीमतीले राहतको रकम आफूले समेत पाउनुपर्ने बताउँदै आएकी छिन् । शनिवारको पत्रकार सम्मेलनमा अधिकारकर्मी माया नेगीले खुलेआम नै यो कुराको पुष्टि गर्दै निर्मलाकी कान्छी आमाले आफ्नै श्रीमानको हत्या गर्न खोजेको समेत गम्भीर आरोप लगाइन ।

निर्मला परिवारले भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार, केन्द्र सरकार तथा देश, विदेशका बिभिन्न संस्थाबाट सहयोग प्राप्त गरेका छन् ।सरकारले प्रदान गर्ने सहयोग भने उनीहरुले बुझेका छैनन् । पछिल्लो समयमा बेलायतबाट प्राप्त सहयोग रकम जेठी श्रीमतीले बुझेको भन्दै कान्छी श्रीमती असन्तुष्ट भएको छिमेकी बताउँछन् ।

“अचम्म लाग्ने कुरा त के छ भने श्रीमान बिरामी हुँदा समेत कान्छीलाई खासै मतलब भएको देखिएन ।” धर्नामा साथ दिँदै आएका एक स्थानीयले भने, “अझ उपचारका लागि समेत निर्मलाकै आमा जानु पर्ने अवस्था भयो । कम्तीमा उनी गइदिए यता निर्मलाको आमाले अरु व्यवहार मिलाउन पाउँथिन ।

तर कान्छी श्रीमतीले भने श्रीमानको रकम भन्दा न्याय ठूलो भएको प्रतिक्रिया दिएको उनले बताए । “मेरो लोग्नेले शुरु गरेको अनसन हो, म कहाँ छोड्छु र ?” ती स्थानीयले भने, “उनको नियत न्याय भन्दा पनि पैसामा केन्द्रीत त होइन भन्ने प्रश्न अहिले उठेको छ । यज्ञराज पन्तले एक दशक अघि जेठी श्रीमतीलाई छोडेर कान्छीसँग बिहे गरेका थिए ।

त्यसपछि उनी फर्केर पनि निर्मलाको घरमा गएनन् । छोरीहरु कसरी पढिरहेका छन्, घरखर्च कसरी चलेको छ भन्ने कुरा उनले हेरेनन् । निर्मलाकी आमाले भारतबाट नेपालतर्फ साइकलमा सामान ओसार गरेर आएको रकमले घर चलाउँदै आएकी थिइन ।

यो अवस्थामा कान्छी श्रीमतीले देखाएको व्यवहारलाई अस्वभाविक भन्दै उनको टिप्पणी शुरु भएको हो । शनिबारको कार्यक्रममा अधिकारकर्मी माया नेगीले आफूमाथि भएको दुव्र्यवहारको प्रतिरोध गर्दै कान्छी श्रीमती र केही अधिकारकर्मीले निर्मलाकी आमालाई अन्याय गर्न खोजेको संकेत गरेकी थिइन ।

श्रोतका अनुसार, निर्मलाकी आमाको बुझाईमा पनि यज्ञराजको मानसिक सन्तुलन बिग्रिनुमा परिवार नै जिम्मेवार छ । कान्छी श्रीमतीले दबाब नदिएको भए, पैसाको कुरा बारम्बार नगरेको भए यज्ञराजले मानसिक सन्तुलन गुमाउने थिएनन भन्ने बुझाई निर्मलाको आमाको समेत रहेको श्रोतले बतायो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083