दैलेख जीप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

4.13K
shares

काठमाडौं । दैलेखको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । तीनजना गम्भीर घाइते छन् ।

सुर्खेतबाट दैलेखको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको जीप बुधबार विहान ठाँटिकाँध गाउँपालिका-३ डांग्रे भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ठाटीकाँध गाउँपालिका-१ का २४ वर्षीय निर्मल बम, वडा नम्बर-३ का रमेश शाही, रत्ना शाही, राजेन्द्रबहादुर शाही र दिलिप शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

दुईजनाको घटनास्थलमै र अन्य तीनजनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका दुर्इजनाको कर्णाली प्रदेश अस्पताल सुर्खेत र एकजनाको बाँकेमा उपचार भइरहेको छ ।

निजी जीप ठाँटिकाँध पुग्नुभन्दा करिब एक-दुई किलोमिटर बाँकी छँदा दुर्घटनामा परेको हो । जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको छ । जीप टुक्रा-टुक्रा भएको छ ।


Mitsubishi Long Ad