सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा

5.17K
shares

काठमाडौं । राष्ट्रिय प्जातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं। ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताएका छन् । राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए ।

मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दावी गरे । बन्दै गरेको फास्ट ट्रयाक, धरान चतरा राजमार्ग, हेटौंडा काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुने समेत उनले बताए ।

हेटौंडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शिर्ष तहका नेताहरु सकारात्मक भएको आफुले महसुश गरेको भन्दै मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त थापाले धन्यवाद समेत दिए । राजनीतिक वाद तथा आग्रह, पुर्वाग्रहबाट माथी उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत थापाले औंल्याए ।

मकवानपुरे समितिका अध्यक्ष अरुण कुमार गुरुङले तत्कालिन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौंडालाई अस्थायी राजधानी बनाउन भूमिका खेल्नुभएकोमा आभार प्रकट गर्दै हेटौंडालाई स्थायी राजधानी बनाउन थप अग्रसरता लिन थापालाई अनुरोध गर्नुभएको थियो । सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाको समेत उपस्थिती थियो । रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083