निर्मलालाई न्याय माग्दै सडकमा आएका अधिकारकर्मी गिरफ्तार

4.34K
shares

काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । गत साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटना भएको चार महिना पुगिसकेको अवस्थामा पनि हत्यारा पत्ता लाग्न नसकेको भन्दै महिला अधिकारकर्मीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

‘नेपालकी छोरी निर्मलालाई न्‍याय देऊ सरकार अनि जिससकी छोरीलाई चढाऊला फूलमाला’ प्लेकार्ड बोकेर बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरीले केही अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ । साथै प्रदर्शनकारीहरुको प्लेकार्ड प्रहरीले खोसेको थियो।

यता, छोरीको न्यायको लागि धर्नामा बसेका निर्मलाका बाबु यज्ञराज विरामी भएपछि काठमाडौँस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको छ।


Mitsubishi Long Ad