अरिङ्गालको व्यापारबाट मनग्य आम्दानी

8.26K
shares

पाल्पा। रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका गम्भीर आलेले अरिङ्गालको व्यापार गर्छनभन्दा अनौठो मान्नु पर्दैन। विगत ६ वर्षदेखि उनले होटल रुपटपमा अरिङ्गालको ‘फ्राई’ बेच्दै आएका छन्। अरिङ्गालको व्यापार गरेरै आलेले यस याममा ५० हजारभन्दा बढी आम्दानी गरे।

अरिङ्गालको परिकार निकै स्वादिलो हुन्छ। होटलमा अरिङ्गालको परिकार चाख्नका लागि ग्राहकको भीड लाग्छ। यही व्यापारबाट उनले मनग्य आम्दानी गरिरहेका छन्। “यस वर्ष अरिङ्गालले गोलो कम लगाएपछि आम्दानीमा कमी आयो,” उनले भने। गत वर्ष एक लाख ५० हजारभन्दा बढी आम्दानी भएको उनको भनाइ छ। अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने हुन्छ।

होटलमा ग्राहकले अरिङ्गालको परिकार बढी रुचाउने गरेका छन्। प्रतिकिलो अरिङ्गाल रु एक हजार २०० मा खरीद हुन्छ। आलेले एक प्लेट अरिङ्गालको परिकारलाई २५० मा बिक्री गर्छन्। “ग्राहकको माग पूरा गर्न सकेका छैनौँ,” उनले भने। अरिङ्गालको परिकारले औषधिको काम गर्छ। सदरमुकाम तानसेन, पोखरा, काठमाडौँ, तम्घास, बुटवललगायत ठाउँबाट अरिङ्गालको माग हुँदै आएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083