नेपाली विद्यार्थीसँगै बाहिरिन्छ वार्षिक २५ अर्ब , पठाँउछन ५ अर्ब

4.52K
shares

काठमाडौं । विदेश पढ्न जाने नेपाली विद्यार्थीसँगै प्रत्येक वर्ष करिब २५ अर्ब रुपैयाँ रकम विदेशिने गरेको पाइएको छ । उक्त रकम नेपाल भित्रिने रेमिटेन्सको ठूलै हिस्सा रहेको विज्ञहरु बताउँछन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयका सहचिव हरि लम्साल भन्छन्, “हामीलाई अहिले समाधान गर्नुपर्ने समस्या भनेकै नेपाली विद्यार्थी विदेश गएर के गर्छन्भन्दा पनि विदेशी मुद्राको सञ्चिति कसरी गर्नेभन्नेमा रहेको छ । उनले विदेशबाट जति रेमिटेन्स आउँछ, त्यसको ठूलै हिस्सा हामीले विदेश पढ्न जाने विद्यार्थीको माध्यमबाट फर्काउने गर्नुपरेकोमा चिन्ता व्यक्त गरे ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार दुई महिनामामात्रै झण्डै १२ हजारले विदेश पढ्न जाने स्वीकृतिपत्र लिएका छन् । मन्त्रालयले २०७५ को साउन र भदौमा मात्रै ११ हजार ५ सयभन्दा बढी विद्यार्थीले विदेश जान स्वीकृतिपत्र लिएको जनाएको छ । काम गर्दै पढ्ने अधिकांश छात्रवृत्ति नपाएका र आफ्नै खर्चमा पढ्न गएका विद्यार्थीहरु हुने गरेको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार २०७४ सालको वैशाखदेखि २०७५ को असार १९ गतेसम्ममा मात्रै सो पत्र लिएर विदेश पढ्न जानेको संख्या ७१ हजार ७ सय ४३ पुगेको थियो । त्यसयता सो संख्या उल्लेख्य वृद्धि भएको देखिएको छ । मन्त्रालयको वैदेशिक अध्ययन अनुमति व्यवस्थापन शाखाको तथ्यांकअनुसार २०७४ सालको वैशाखदेखि २०७५ को भदौसम्ममा मात्रै ८७ हजार ७ सय भन्दा बढी विद्यार्थीले स्वीकृतिपत्र अर्थात् ‘नो अब्जेक्सन लेटर’ लिएका छन् ।

तथ्यांक अनुसार आव २०७२–०७३ मा ३२ हजार ४ सय ८९ ले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए भने २०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ पुगेको छ । मन्त्रालयले विश्लेषण गरेको पाँच वर्षको तथ्यांक अनुसार एमबीबीएस र बीडीएस पढ्न भनेरमात्रै ४ हजार ३ सय भन्दा बढी विद्यार्थीहरु बाहिरिएका छन् । विद्यार्थीले प्रतिव्यक्ति ५० लाखका दरले रकम तिरेका हुन्छन् । प्रत्येक वर्ष उच्च शिक्षाको लागि ठूलो संख्यामा पुँजी बाहिरिएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ ।

मन्त्रालयका सह सचिव लम्साल भन्छन्,“वर्षमा मोटामोटी ६० हजार विद्यार्थी पढ्न विदेश जानेगरेको हामीसँग तथ्यांक छ । ५० हजार विद्यार्थीमात्रै गए रएउटाले ५ हजार डलरमात्रै लग्योभने पनि२५ करोड डलर रकम बाहिरिने गरेको छ । यो नेपाली रुपैयाँ २५ अर्ब हुन आउँछ । आर्थिक वर्ष २०७४–०७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँबराबरको रेमिटेन्स नेपालमा भित्रिएको थियो ।सहसचिव लम्सालले यो अनुमानित तथ्यांकक भएको जनाउँदै यस विषयमा विस्तृत अध्ययन हुन नसकेको बताए ।

शिक्षाविद्हरुलेसमेत यस विषयमा सरकारले अध्ययन नगरेको आरोप लगाएका छन् । शिक्षा विज्ञ नविन ढुंगानाले समयसान्दर्भिक पाठ्यक्रमको अभावमासमेत हजरौ विद्यार्थी विदेशिने गरेको बताउँदै भने, ‘‘नेपालमा बाहिरबाट जतिनै रेमिटेन्स आएपनि त्यसको निकै ठूलो संख्यामा नेपाली विद्यार्थीको माध्यमबाट विदेशमा रकम जाने गरेको छ । यो विषयमा सरकारले कुनै अध्ययन नगर्नु चिन्ताको विषय हो । मन्त्रालयका सहसचिव लम्सालले नेपाली विद्यार्थीलाई विदेश जानबाट रोक्नकोलागि नेपालमेै आर्कर्षित कोर्ष उपलब्ध गराउनुपर्ने बताउँदै भने,‘‘हामीले हार्वर्ड, अक्सफोर्डजस्ता विश्वविद्यालयसँग सहकार्य गरेर पे–लेबलको कोर्ष चलायोभने उनीहरुलाई विदेश जानबाट रोक्न सकिन्छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083