सिन्धुपाल्चोकमा रडले हानेर दिउँसै लुटियो १० लाख
वि.सं.२०७५ पुस १८ बुधवार १३:३६
4.32K
shares
shares

सिन्धुपाल्चोक । काठमाडौंमा सुन पसल गर्ने सुनसरीका एक व्यक्ति सिन्धुपाल्चोकमा दिउँसै लुटिएका छन्।
प्रहरीका अनुसार सुनसरीको धरानबराह नगरपालिका–१ घर भई काठमाडौंको अनामनगरमा सुन पसल सञ्चालन गर्ने २६ वर्षीय निरोज घिमिरेको १० लाख रुपैयाँ लुटिएको हो। प्रहरीले बुधबार दिएको जानकारीअनुसार उनी काठमाडौंबाट बा. ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा मंगलबार दिउँसो सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ स्थित चौहत्तरकिलो भन्ने स्थानमा पुगेका थिए।
मोटरसाइकल रोकेर खाजा खाइरहेका बेला अचानक तीन जना अपरिचित व्यक्ति आएर रडले हानी आफूसँग भएको १० लाख रुपैयाँ लुटेको पीडित घिमिरेले बताएका छन्। फरार लुटेराहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सुन खरिदका लागि घिमिरेले उक्त रकम बोकेको बताइएको छ।































