उपत्यकाब्यापी अन्तर कलेज फुटसल शुरु
वि.सं.२०७५ पुस १८ बुधवार १३:२६
4.51K
shares
shares

काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समन्वय समितिद्धवारा आयोजित उपत्यकाब्यापी अन्तर कलेज फुटसल प्रतियोगिता शुरु भएको छ।
प्रतियोगितामा उपत्यकाका त्रिभुवन विश्वविद्यालय वाहेकका सवै विश्वविद्यालय र सिटिइभिटी अन्तर्गतका कुल ४० वटा कलेजले भाग लिएका छन्।

३ दिन सम्म चल्ने सो प्रतियोगिताको उद्घाटन वालुवटार स्थित एक्सेल फुटसलमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले गरेका थिए।
प्रतियोगितामा विजेतालाई ७० हजार नगद र उपविजेतालाई ४० हजार नगद सहित ट्रफी र मेडेल प्रदान गर्ने क्रान्तिकारीका विश्वविद्यालय कमाण्ड संयोजक संजय काल्धनले वताए। प्रतियोगिताका उत्कृष्ट खेलाडी ,उत्कृष्ट गोलकिपर र टप स्कोररलाई समेत विशेष पुरस्कार दिने संयोजक काल्धनले वताए।
































