कांग्रेस सभापति शेरबहादुर देउवा पनि के कम, कार्यालय सहयोगीको तलब समेत आफैँ खान्छन्
वि.सं.२०७५ पुस १८ बुधवार १३:४४
6.41K
shares
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यालय सहोगीको तलब समेत आफैँले खाने गरेको खुलासा भएको छ । कार्यालय सहयोगी नै नराखी कार्यालय सहोगीको तलब सभापति देउवाले खाँदै आएका छन ।
संघीय संसद सचिवालयले सभापति देउवाको बैंक खातामा दुई कार्यालय सहोगीको तलब पठाउने गरेको छ तर देउवाले एउटा पनि कार्यालय सहयोगी नराखी तलब आफैँले खाँदै आएका छन । सभापति देउवाले स्वकीय सचिव र कम्प्युटर अपरेटरमा दुई जना नियुक्त गरेर तलब दिँदै आएका छन ।
उनले स्वकीयमा डडेलधुराका वीरेन्द्रबहादुर थापा र कम्प्युटर अपरेटरमा तेजबहादुर भण्डारीलाई नियुक्त गरेको संसद सचिवलायलाइ जानकारी दिएका छन । संसद सचिवालयले उनको बैंक खातामा दुई कार्यालय सहयोगीसहितका लागि एक लाख २६ हजार तलब पठाइदिने गरेको छ ।





























