प्रहरीको इकाउन्टरमा मारिएका साहनी ‘मोस्ट वान्डेड सूची’मा रहेको खुलाशा

6.05K
shares

रूपन्देही । प्रहरी कारवाहीमा मारिएका व्यक्ति प्रहरीको मोस्ट वान्डेड सूचीमा रहेका अपराधी रहेको रहस्य खुलेको छ । शनिवार मध्यरातमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको जवाफी कारवाहीमा रुपन्देहीको शंखरापुरमा एक व्यक्ति मारिएका थिए । उनको छातीमा गोली लागेको थियो । उनी प्रहरीको सूचीमा रहेका ‘मोस्ट वान्टेड अपराधी’ केदार साहनी रहेको रहस्य खुलेको हो ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि युपी ५३ एच २०२८ को नम्बर प्लेटको भारतीय मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् ।

श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका दुई जनाको समूहले सादा पोशाकमा रहेका प्रहरीमाथि गोली चलाएको थियो । प्रहरीको जवाफी कारवाहीमा साहनी मारिएको र एक जना फरार रहेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।

साहनीको छोटो परिचय

उनी यसअघि हत्याको अभियोगमा जेल परेका र जेलबाटै भागेका थिए । सिद्धार्थनगर नगरपालिका, गल्लामन्डीका साहनी नेपालमा अपराध गरेर भारततर्फ लुक्दै आएको अपराधी भएको प्रहरीले जनाएको छ । भन्सार क्षेत्रमा चोरी तस्करीको धन्दा चलाउँदै आएका साहनी माथि भैरहवाका आकाश गुरुङको हत्या गरेको आरोप छ । उनले २०७१ सालमा गुरुङलाई अपहरण गरेर नवलपरासी पु¥याएर हत्या गरेका थिए ।

गुरुङको हत्याअगाडि साहनी हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थिए । उनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर भागेका थिए । जेलबाटै भागेको दुई महिनापछि पुनः पक्राउ परेका साहनी हात-हतियार तथा कैदी भगाएको मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083