ROSE DAY : कुन गुलाब के को प्रतिक ?

24.99K
shares

काठमाडौँ । प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन। तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ। हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन्। यसै क्रममा आज ‘रोज डे’ परेको छ। यसको अवसरमा हामी तपाईंलाई गुलाबका विभिन्न प्रतिकबारे जानकारी दिन्छौं।

रातो गुलाब : प्रेम, शान्ति र क्षमताको प्रतिक

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।

गुलाफी गुलाब : मित्रता र मुटुको धड्कनको प्रतिक

यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाफी गुलाब मित्रता र मुटुको धड्कनको प्रतिक हो । गुलाफी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गु गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।

पहेँलो गुलाब : मित्रता

पहेँलो गुलाब मित्रताको प्रतिक हो। भ्यालेन्टाइन डे को दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डे मा भने जमेर प्रयोग गरिन्छ।

सेतो गुलाब : साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक

सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो। कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन्। सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ।

कालो गुलाब : बिदाईको प्रतिक

कालो गुलाब बिदाईको प्रतिक हो। यो रङको गुलाबले माया मरिसकेको दर्साउँछ।


divya collage
unigloble collage