गण्डकी प्रदेशले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउँदै

7.77K
shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले फागुन ४ गते प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ। गत माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो।

गत वर्ष फागन ४ गते कै दिन मुखयमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद तथ गोपनियताको सपथ लिएका थिए। बैठकले स्थापना दिवस मनाउनको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन गरेको छ।

समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल र मुख्यमन्त्री तथा मन्त्रसिपरिषद कार्यालयका सचिवहरू लालमणि ओझा धर्मराज कुइँकेल र दलबहादु अधिकारी रहेका छन्। साथै ३ वटा उप समिति समेत गठन गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083