बुहारीले फलामको ढुंग्रीले प्रहार गर्दा लागेर ससुराको मृत्यु
वि.सं.२०७५ माघ २४ बिहीवार १४:०४
7.05K
shares
shares

विराटनगर । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ रुम्जाटारमा बुधवार राती आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ७० वर्षीय ससुरा रामकाजी गुरुको मृत्यु भएको छ ।
अंशबण्डाको विषयमा छलफल भइरहेको बेला राती ९ बजेको समयमा ३० वर्षीया बुहारी तारादेवी गुरुले ससुरालाई आगो फुक्ने ढुंग्रीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्याल्य ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट गएको प्रहरीले बुहारी तारादेवीलार्य पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । घटनाका सम्वन्धमा थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।






















