सप्तरीमा गुडिरहेको ट्रक रूखमा ठोक्किँदा दुई जनाको मृत्यु
वि.सं.२०७५ फागुन ५ आइतवार १३:०२
5.34K
shares
shares

सप्तरी । सप्तरीमा आइतबार बिहान गुडिरहेको ट्रक अनियन्त्रित भई रूखमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर २ मा बिहान २ बजेतिर ना ५ ख १६५१ नम्बरको ट्रक दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार मैदा बोकेर पूर्वतर्फबाट आउँदै गरेको उक्त ट्रक आफै अनियन्त्रित भई सडक छेउको रूखमा ठोक्किँदा बाराको निजगढ नगरपालिका-८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा निजगढ-८ कै ट्रक चालक २१ वर्षीय सौरभ लामा घाइते भएका छन्। अहिले उनको उपचार सप्तरीकै धर्मेश्वर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।































