‘प्रदेश-१ लाई सबै हिसाबले समृद्ध बनाउँछु’ : मुख्यमन्त्री राई

6.51K
shares

भोजपुर । मुख्यमन्त्री शेरधन राईले प्रदेश-१ लाई समृद्ध बनाउनेतर्फ प्रदेश सरकारले योजनावद्ध काम गरिरहेको दावी गरेका छन्। अब देशमा राजनीतिक स्थिरता भइसकेकाले कहिँ कतै अलमलिने ठाउँ नभएको भन्दै उनले प्रदेश र यहाँका जनतालाई सबै हिसाबले अब्बल बनाउने तर्फ आफू केन्द्रित भएको बताए।

भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो पलायन रोक्ने पनि बताएका छन्। ‘आधुनिक विकासको माध्यमबाट हाम्रा ठाउँहरुलाई कसरी क्यास गर्न सकिन्छ भन्ने सबैले सोचेर काम गर्न जरुरी छ’ राईको भनाइ छ। राईले आफू दिने र पस्कने ठाउँमा भएकाले अझैसम्म दुर्गम भोजपुरलाई विशेष प्राथमिकताका साथ विकासे योजनाहरुमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले संघीयताको नयाँ अभ्यास भएकाले एक वर्ष सिकाइमै बितेको तर, अब भने कामले गति लिने दाबी गरे।

विश्व अल्ट्रा धावक मिरा राईको अगुवाईमा भएको चौथो भोजपुर ट्रेल रेस, मिरा राई भवनको शिलान्यास, दुङमाली भाषा संस्कृतिको लागि निर्माण गर्न लागि संग्रहालयको शिलान्यास, एकीकृत स्वास्थ्य शिविर लगायतको कार्यक्रमको प्रमुख अतिथिको रुपमा मुख्य मन्त्री राई भोजपुर आएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083