कारको ठक्करबाट घटनास्थलमै पैदलयात्रीको मृत्यु, चालक फरार

5.16K
shares

चितवन । भरतपुर महानगरपालिका–२३ मा सोमबार राति कारको ठक्करबाट एकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ कृष्णचोक निवासी ७५ वर्षीय जीतबहादुर सार्की रहेका छन्।

जगतपुरबाट भरतपुर आउँदै गरेको बा१५च ४९२६ नंको कारले पैदलयात्री सार्कीलाई ठक्कर दिँदा सार्कीको घटनास्थलमै मृत्यु भएको हो। मृतक सार्कीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा छ भने चालकको खोजीकार्य भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083