उदयपुरमा जीप दुर्घटना, चार जनाको मृत्यु

5.85K
shares

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका–३ जरुवामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा उदयपुरगढी–३ का ६१ वर्षीय टिककनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मिननारायण श्रेष्ठ र पथरी शनिश्चरेका ३५ वर्षीय टिकाराम श्रेष्ठ रहेका छन् । त्यस्तै, अन्य चार जना गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार जरुवास्थित भित्री सडकमा तामल डाँडाबाट कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नम्बरको गाडी बिहीबार अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।