के हो कुमारीत्व ? यसकाे भ्रमबाट मुक्त हुनुहाेस्

14.18K
shares

धेरैलाई कुमारीत्वबारे थाहा नहुन सक्छ भने कतिपय जानेर यसबारे अनभिज्ञ हुन्छन्। अधिकांश मानिस कुमारीत्व कसरी नास हुन्छ र के कारणले यसको क्षय हुन्छ भन्नेबारे खोजिरहेका हुन्छन्।

सन् २०१५ मा एउटा अध्ययनले देखाएअनुसार गुगलमा सबैभन्दा धेरै खोजिएका १५ विषयमध्ये कुमारीत्व पनि परेको थियो। धेरैले यसलाई सेक्ससँग जोडेर अथ्र्याउने गरेका छन्। तर, यो त्यस्तो पनि होइन। धेरै हदसँग सेक्ससँग यसलाई जोड्न त सकिन्छ। तर, सबैको अवस्थामा यो लागु नहुन सक्छ।

कतिपयलाई के भ्रम छ भने कुमारीत्व गुमाएकी केटीको चरित्र खराब हुन्छ। उसले शारीरिक सम्बन्ध राखिसकेकी रहेछ भन्ने धेरैको गलत बुझाइ छ। तर, यस्तो बुझाइ विल्कुल गलत छ।कुमारीत्व सम्भोग गर्नाले मात्र क्षय हुन्छ भन्नु अल्पज्ञान हो। आज हामी तपाईंहरुलाई केटी, किशोरीको कुमारीपन कसरी नास हुन्छ भन्नेबारे केही जानकारी दिँदैछौं।

योनीको अवधारणा त्यति सजिलो छैन। यो कुमारीपनसँग मात्र जोडिएको छैन। युवतीको कुमारीपन विभिन्न कारणले नास भइरहेको हुन्छ। यो नास हुनु जरुरी पनि छ। विभिन्न किसिमका शारीरिक व्यायम जस्तै : साइक्लिङ, फुटबल, भलिबल, कराते, कबड्डी लगायत खेलका कारण युवतीको योनी झिल्लीमा रहेको एक खाले पर्दा च्यातिन जान्छ। त्यसैलाई कुमारीत्व हटेको भनिन्छ।

युवती कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन। कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउन सक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ।

तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएका कुरालाई हामीले स्विकार्नुपर्छ। किनकि यो कुरा धेरैअघि पत्ता लागिसकेको छ। केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नु हुँदैन।

महिलाले बच्चा पाइसकेपछि महिलाको हाइमेनको केही या पूरै भागको अस्तित्व नरहन पनि सक्छ। त्यसैले कुमारीत्वसम्बन्धी गलत मानसिकतालाई छिट्टै हटाउनु बुद्धिमानी हुन्छ। महिलाहरू पहिलो सम्भोगमा त्यति खुल्न सक्दैनन्। प्रेम विवाहमा भन्दा परम्परागत विवाहमा महिलाहरू सम्भोगमा खुल्न गाह्रो मान्छन्। उत्तेजनामा आउन नसक्नुले पनि योनीमार्गमा प्रशस्त चिल्लो पदार्थ निक्लँदैन र योनी कडा हुन सक्छ।

अहिले युवामाझ खुब चर्चा हुने शब्द हो, भर्जिन। भर्जिनसँग सम्भोग गर्दा मजा आउने कुराको पनि चर्चा हुने गर्छ। वास्तवमा महिला भर्जिन हो कि होइन भन्ने कुरा मेडिकल साइन्सले पत्ता लगाउन सक्दैन। यो महिलाको विश्वासमा निर्भर हुन्छ। महिलाले विवाहअघि सम्भोग गरेको कुरा पछि गएर कसैले थाहा पाउला कि भन्ने डर धेरैमा पाइएको छ। यो कुरा महिलाले नभनेसम्म पत्ता लाग्दैन।

महिलाको योनीको फैलन र खुम्चन सक्ने गुणको कारण कुनै फरकपन महसुस हुँदैन। हाइमेन धेरै कारणले च्यातिन सक्ने भएकाले सम्भोगसँग यसको खासै सम्बन्ध छैन। कुमारी युवतीसँग सम्भोग गर्दा आनन्द आउने धारणा गलत हो।