असल छिमेकी टोलमा रक्तदान कार्यक्रम सम्पन्न
वि.सं.२०७८ जेठ ३ सोमवार १७:२५
shares

कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान जिवनदान भन्ने आदर्श वाक्यलाई मनन गर्दै चाँगुनारायण नगरपालिका– २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काेराेना भाइरस (कोभिड-१९ )को महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शिबहरी केसीले बताउनु भयो ।
चाँगुनारायण नगरपालिका– २ को असल छिमेकी टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।
जनप्रतिनिहरु, क्लब, स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीको कार्यक्रममा सहभागिता रहेको वरिष्ट समाजसेवी नवराज काफ्लेले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपसखाको अभियान अनरर्गत टोल टोलमा रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सकलन भयो उक्त कार्यक्रममा नेपाल रेडक्रस दुवाकाेट उपशाखाका सदस्य समेत रहनु भएका साेम प्रधानले जनाउनु भएकाे छ ।
दैनिक जसो साे कार्यक्रम गरि काेभिड-१९काे महामारीमा रगतकाे अभाब भएर छट्पटाएका बिरामी मार्फत रगत तुरुन्तै उपलब्ध गराउने पनि साेहि कार्यक्रममा उनले जनाए ।

























