बाल अधिकार सम्बन्धी जानकारीमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न

4.37K
shares

राैतहट ।  राैतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एलिजा गिरीकाे प्रमुख आतिथ्यतामा बाल अधिकार तथा बालबालिका सम्बन्धी जानकारीमूलक सन्देश प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.३ स्थित रहेको श्री जनता मा.वि.औरैयाको प्राङगणमा UNICEF को सहयोगमा जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा आयोजित कार्यक्रम आज सम्पन्न भएकाे हाे ।

“Strengthning Nepal Police-Women,Children and Senior Citizens Service Directorate On justice For Children” परियोजना Activity 2.1 outreach Program in school and Community Focusing on justice For children and GBV अन्तर्गत कक्षा-६ देखि १० सम्मका अधययनरत बालबालिकाहरुलाई  सोही विद्यालयमा अध्ययनरत रहेका बालबालिकाहरु तथा शिक्षक/शिक्षिका समेत गरी ८५ जनाको सहभागिता रहेकाे थियाे ।