प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा “नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्याक्रम” सम्पन्न

Nepal Life Insurance Long Ad

बारा । जिल्ला प्रहरी कार्यालय बाराका कार्यलय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा “नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्याक्रम” सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराको परिसर भित्र LS न्यूरो अस्पताल परवानिपुर बाराको सहकार्यमा आयोजित “१ दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम” सम्पन्न भएको हाे ।

कार्यालय तथा मातहत समेतमा कार्यरत सि.प्र.अ.हरु समेत ११५ जना प्रहरी कर्मचारीहरूलाई नि:शुलक नाक, कान, हाडजोरनी BP लगायतका स्वास्थय चेकजाँच गर्नुको साथै औषधी वितरण र स्वास्थ्य सम्बन्धि अन्य सेवाहरू तथा परामर्श समेत भएको थियाे ।

२९ वैशाख २०८१, शनिवार १८:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु