लागु औषध दुरुपयोग विरुद्ध साताव्यापी कार्यक्रम गदैँ सिन्धुली प्रहरी !

2.95K
shares

सिन्धुली । जिल्लामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको साताव्यापी कार्यक्रम बिहिबारबाट सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको सन्र्दभ पारेर विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।

“लागु औषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ” भन्ने मुख्य नाराका साथ असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाउने सिन्धुली प्रहरीको तयारी छ ।

साताव्यापी कार्यक्रमअन्र्तगतको पहिलो दिन आज कमलामाई नगरपालिका–६ स्थित गौमती माध्यमिक विद्यालय, कनपा–८ भिमानस्थित कमला माध्यमिक विद्यालय,  घ्याङ्लेख गाउँपालिका–२ भैसेमा अवस्थित माध्यमिक विद्यालय, मरिण गाउँपालिका–७ स्थित लाईट पोल स्टार एकेडमी, दुधौली नगरपालिका–४ डकाहा स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालय र गोलञ्जोर गाउँपालिका–७ स्थित जनज्योती माध्यमिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार ७ गते शुक्रबार लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया, असार ८ गते शनिबार स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्चालबाट सन्देशमुलक सामाग्री प्रकाशन, प्रसारण, असार ९ गते आइतबार समुदायमा आधारित लागु औषधसम्बन्धित सचेतनामुलक कार्यक्रम गर्ने कार्यतालिका छ ।

त्यसैगरी, असार १० गते सोमबारका दिन थुनुवा कैदीबन्दीहरुका लागि लागु औषध सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने, असार ११ गते मंगलबार जिल्लाभित्र रहेका तीन ठुला मार्गहरु विपी राजमार्ग, मदनभण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवार सवारी साधन जाँच, सवारी साधन चालक र यात्रुहरुलाई सचेतनामुलक पर्चा, पम्पप्लेट वितरण गर्ने कार्यक्रम छ ।

लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको मुख्य दिन असार १२ गते बुधबार सिन्धुलीमाडीमा प्रभातफेरी लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रहरीले सुरु गरेको यो साताव्यापी कार्यक्रममा जिल्लाका राजनैतिक दल, सरकारी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा कर्मचारीहरु, सामाजिक अभियन्ताहरु, नागरिक समाज लगायत सम्पूर्ण स्थानीयबासीहरुको सहयोग हुने उहाँको विश्वास छ ।

प्रतिकृया दिनुहोस

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083