पराजय पछि दिल्ली डेयरडेभिल्सका गौतको कप्तान बाटै राजीनामा

२०७५ वैशाख १३ बिहीवार
1.4K
shares
इन्डियन प्रिमियर लिग आइपिएमा पाँच खेलमा पराजित भएपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले राजीनामा दिएका छन् । उनले बुधबार कप्तानी छोडेका हुन् । गम्भीरले ट्विट गर्दै आफूले व्यवस्थापन वा कोचमा दबाबमा कप्तानी नछाडेको दाबी गरेका छन् । बरू उनले आफूले कप्तानको दबाब झेल्न नसकेको बताएका छन् ।
कप्तानका रूपमा उनको प्रदर्शन राम्रो भए पनि यो सिजन ब्याट्सम्यानका रूपमा उनी चल्न सकेका थिएनन् । ६ म्याचमा एक अर्धसतकसहित उनले ८५ रनमात्र बनाएका गम्भीरले ट्वी ट्वान्टीमा चाहिने रफ्तारमा रन बनाउन सकेका थिएनन् ।
ओपनर गम्भीरको यो सिजनको स्ट्राइक रेट ९६ मात्र थियो । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने सहभागी रहेको दिल्ली डेयरडेभिल्सको नयाँ कप्तानमा श्रेयस ऐय्यर चयन भएका छन् ।

२०७५ वैशाख १३ बिहीवार