मोनाको बाहिरियो, एट्लेटिको विजयी

२०७५ कात्तिक २१ बुधवार
1.7K
shares
एजेन्सी । फेन्च क्लब मोनाको दुई खेल अगाबै च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार राति समूह चरणको चौथो खेलमा बेल्जियमको क्लब बर्गसंग ४ – ० ले पराजित हुँदै मोनाको बाहिरिएको हो ।
थिएरी हेनरीको प्रशिक्षणमा रहेको मोनाकोलाई क्लब बर्गले उसैको मैदानमा फराकिलो हार चखाएको हो । क्लब बर्गको जितमा हान्स भानकेनले दुई गोल गरे । यस्तै वेस्ली र रुड भोर्मेरले एक एक गोल थपे । क्लब बर्गसंगको फराकिलो हारसंगै समूह ए को मोनाकोले चार खेलमा ३ हारसहित १ अंक जोडेको छ । र, मोनाको समूह पुछारमा छ । क्लब बर्ग चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ । यस समूहको शीर्ष स्थान जर्मन क्लब बोरुसिया डर्टमण्ड रहेको छ ।
मंगलबार राति स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग २-० ले पराजित भएपनि डर्टमण्ड शीर्ष स्थानमा रहेको हो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरे । जितसंगै दोस्रो स्थानको एट्लेटिकोले ४ खेलबाट ९ अंक जोडेर नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । डर्टमण्डको पनि ४ खेलबाट ९ अंक छ । तर, गोल अन्तरमा अघि रहदै डर्टमण्ड शीर्ष स्थानमा रहेका छन् ।

२०७५ कात्तिक २१ बुधवार