पीसएलको अक्सन हुँदै, कतिमा बिक्लान् सन्दीप र सोमपाल ?

२०७५ मंसिर ४ मंगलवार
1.2K
shares
काठमाडौं । पाकिस्तान सुपर लिग (पीसएल) को अक्सन सुरु भएको छ । अक्सन आज बेलुकादेखि सुरु भएको हो । नेपालबाट सन्दीप लामिछाने र सोमपाल कामी पीसएलको ड्राफ्टमा परेका छन् ।
पाकिस्तानको इस्लामाबादमा हुने अक्सनका लागि ड्राफ्टमा परेका सन्दीप गोल्ड विधामा परेका छन् भने सोमपाल सिल्भर विधामा छन् । विधा अनुसार सन्दीपलाई कुनै एक टिमले मात्र बोली लगाएमा ५० हजार अमेरिकी डलर पाउनेछन् ।
यस्तै, सिल्भर विधामा रहेका सोमपालमाथि बोली लागेमा उनको न्यूनतम मूल्य २२ हजार डलर रहेको छ । पछिल्लो पटक एकपछि अर्को विदेशी लिगहरुमा व्यस्त सन्दीप यतिबेला दुबईमा हुने टी–१० क्रिकेट लिग खेल्न गएका छन् ।

२०७५ मंसिर ४ मंगलवार