गृहमन्त्री रामबहादुर थापा र फ्रान्सेली राजदुत भेटवार्ता

4.97K
shares

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्तगर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।

नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिनका राजदुत लेजेलाई आग्रह गरे । उनले संयुक्त राष्ट्रसंघिय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदुतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गरे ।

उनले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदुतसँग आग्रह गरे । राजदुत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबिच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वाँस व्यक्त गरे । नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनिहरुको सुरक्षाबारे चाँसो व्यक्त गर्दै राजदुत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताए ।