सन्दीपले लिए टी–१० मा अर्को विकेट, केरला पराजित

4.84K
shares

काठमाडौँ । युएईमा जारी टी–१० लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अर्को विकेट लिएका छन्। उनी सहभागी टिम केरला किंग्सले दोश्रो खेलमा फराकिलो हार सामना गरेपनि सन्दीपले १ विकेट लिएका थिए।

पहिलो ब्याटिङ गरेको केरला नाटकीय विकेट पतनको सिकार भयो। पहिलो ओभरमै चार विकेट गुमाएको केरलालाई मध्यमक्रमका ब्याटसम्यानले समाल्दै १ सय रन पुरा गराए तर सिन्धिले ९ विकेटले जित निकाल्यो। निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रन बनाएको केरलाले पहिलो ओभरका चौथो, पाँचौं र छैटौं बलमा निरन्तर विकेट गुमायो। त्यसअघि दोश्रो बलमा नै क्रिस गेल सून्य रनमै क्याच आउट भएका थिए।

दोश्रो ओभरमा चार रन जोडेको केरलाले तेश्रो ओभरको दोश्रो बलमा पाँचौ विकेट गुमायो। सिन्धीका लागि प्रभिन ताम्बेले ह्याट्रिक सहित पाँच विकेट लिए। चौथो ओभरको पहिलो बलमा छैटौं विकेट गुमाउँदा केरलाको खातामा मात्रै २१ रन थियो। त्यसपछि भने केरला केहि सम्हालिएपछि निर्धारित ओभरमा १ सय ३ रन जोड्न सक्यो। २४ बलमा ५९ रन जोडेका केरलाका साउथ अफ्रिकन खेलाडी वाएन पार्नेल नटआउट रहे।

सोहिल तानविरले १४ बलमा २३ रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। केरलाका ४ जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । केरलाले बलिङमा पनि कुनै चमत्कार गर्न सकेन्। सन्दीप लामिछानेले बाहेक अन्य बलरले विकेट लिन सकेनन्। दुई ओभर बलिङ गरेका सन्दीपले १४ रन खर्चेर एक विकेट लिए। २० बल खेलेर ४९ रन जोडेका न्युजिल्याण्डका ब्याट्सम्यान एन्टोन डेभिच सन्दीपको बलमा क्याचआउट भए। सन्दीप पहिलो खेलमा म्यान अफ दी म्याच घोषित भएका थिए ।

पहिलो खेलमा केरला विजयी भएको थियो। ओपनर सेन वाट्सन २४ बलमा अर्धसतक पूरा गर्दै नटआउट रहे । सिनधिसले ७ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो।


Mitsubishi Long Ad