आज विश्वविख्यात फुटबल खेलाडी रोनाल्डोको जन्मदिन
वि.सं.२०७५ माघ २२ मंगलवार १३:५६
shares

एजेन्सि । आज एक विश्वविख्यात खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्मदिन हो । उनी आज ५ फेब्रुअरीको दिन पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ को दिन माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा जन्म लिएका हुन् ।
क्रिस्टियानो रोनाल्डोका एक भाई ह्युगो र दुई दिदी एल्मा र लिलाना कातिया छन् । क्रिस्टियानो रोनाल्डोको नामको दोश्रो भाग रोनाल्डो पोर्चुगलमा अपेक्षाकृत दुर्लभ छ । उनको मातापिताले उनको यो नाम त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाममा राखेका थिए किनकी रोनाल्ड रेगन उनका बुवाका मनपर्ने अभिनेता थिए ।
रोनाल्डो स्कुलमा रहँदा अन्य विद्यार्थी सरह पढाईमा अब्बल थिए तर उनी आफ्ना शिक्षकलाई कुर्सीले हिर्काएर स्कुलबाट निष्कासित भएका थिए । व्यवसायिक खेलाडीका रूपमा स्थापित भइसकेपछी उक्त घटनाको बारेमा बोल्दै उनले भनेका थिए, उहाँले मलाई अनादर गर्नुभयो । १४ बर्षको उमेरमा उनले आफ्नी आमाको कुरा मानेर सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गर्ने वचन दिए ।

पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्र पङ्क्तिका फुटबल खेलाडी हुन् । उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन् । उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डीु ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डिुओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा धेरै गोल गरिसकेका छन।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो। रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरु खेल्दै देशलाई पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधीको रुपमा युइएफए युरो २०१६ जिताए। उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी हुन। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमश: सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।
स्पोर्टिङ सिपिबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशिल समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा दिएर लिग, च्याम्पियन्स लिग लगायत विभिन्न पुरस्कारहरू जितेका छन भने धेरै किर्तिमानहरू पनि बनाएका छन्। त्यस्तै पोर्चुगलको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पोर्चुगल, युरोप, र विश्व फुटबलमा विभिन्न किर्तिमानहरू छन्।


























