सन्दीपले तेस्रो खेल खेल्ने सम्भावना, दिल्लीले सार्वजनिक गर्‍यो

5.32K
shares

काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत दिल्ली क्यापिटल्सले दुई खेल खेलिसक्दा सन्दीप लामिछाने टीममा पर्न सकेका छैनन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्लीले शुरुवातमै मैदानमा उतार्ने विश्वास नेपाली क्रिकेट समर्थक र विश्लेषकले गरेपनि त्यसो हुन सकेको छैन।

पहिलो खेलमा सन्दीप मुम्बईविरुद्ध मैदान उत्रिने अधिकाशंको अनुमानलाई गलत सावित गर्दै दिल्लीले उनलाई पवेलिनमै राख्ने निर्णय गर्यो । त्यस्तै, चेन्नई सुपर किङ्सविरुद्धको दोस्रो खेलमा पनि सन्दीपले अवसर पाउने आधारहरु विश्लेषकले प्रस्तुत गरिरहँदा दिल्लीले मैदानमा उतारेन। आईपीएलमा दिल्लीले खेलेका दुई खेलमा एक जीत र एक हार बेहोरेको छ। पहिलो खेलमा जीते हात पारेको दिल्लीले दोस्रो खेल घरेलु मैदान फिरोज शाह कोट्ला रंगशालामा पराजित भएको हो।

उक्त खेलमा सन्दीप प्लेइङ ११ मा नपर्दा अर्का स्पिनर अमित मिश्रा मैदान उत्रिएका थिए। दोस्रो खेलमा दिल्ली पराजित भइसकेपछि कतिपयले दिल्लीले स्पिनरमा जोड दिनु पर्ने बताउँदै आइरहेका छन्। त्यसोत कतिले ब्याटिङलाई नै बलियो बनाउँदै बलिङ रणनीति बनाउनु पर्ने सुझाव दिँदै आइरहेका छन्।

लगातार दुई खेल सकिँदा दिल्लीले नेपाली लेग स्पिनरलाई सामाजिक सञ्जालमा मार्क गरेको थिएन्। दिल्लीले पछिल्लो पटक सन्दीपले घडी हेरिरहेको तस्वीर सार्वजनिक गरेको थियो। मुम्बईविरुद्धको खेल अगाडि सार्वजनिक भएको उक्त तस्वीरमाथि नेपाली खेल समर्थक र विश्लेषकले सन्दीप मैदान उत्रिने आधार प्रस्तुत भएको विश्लेषण गरेका थिए। तर त्यसो हुन नसकेन।

अब दिल्लीले आफ्नो तेस्रो खेलको दुई दिन अगाडि विहीवार९आज० एक भिडियो सार्वजनिक गरेको छ। जसमा सन्दीप अभ्यास स्थलमा देखिन्छन् । गाइडले सन्दीपलाई क्याच गर्न बल फ्याकिरहेका छन्। आकाश तिर उडाइएको उक्त बल क्याच गर्न सन्दीप पछाडि दैडिँदै उक्त बल क्याच गर्छन्।
उक्त भिडियोको क्याप्सनका रुपमा दिल्लीले भनेको छ यदि तपाई सन्दीप लामिछाने होइन भने पछाडि दौडिएर क्याच लिने गाह्रो हुन्छ। अभ्यासमा रहँदा सन्दीप निकै असिन पसिन भएको देखिन्छ। जसमा उनी पसिनाले भिजेको प्रष्ट देखिन्छ।

उक्त भिडियोमाथि सन्दीपका नेपाली तथा विदेशी फ्यानहरुबीच बहस भइरहेको छ। कसैले दिल्लीले सन्दीपलाई किन खेलाएन भनेर प्रश्न गरिरहेका छन् भने केहीले दिल्लीले विश्व भरका लिगमा आफूलाई प्रमाणित गरिसकेका सन्दीपमाथि दिल्लीले विश्वास गर्न नसकेको टिप्पणी गरको छन्। यस्तै कतियपले सन्दीप अभ्यासमा रहेको र आगामी खेलहरुमा मैदान उत्रिने आशा व्यक्त गरेका छन्।

क्रिकेटको लोकप्रिय साइट इएसपीएनक्रिक इन्फोले बुधबार आईपीएएलका विश्लेषकहरुसँग कुरा गर्दा उनीहरुले पनि दिल्लीले सन्दीपलाई मैदान नउतारेकोमा आश्चर्य व्यक्त गरेका थिए। नेपाली लेग स्पिनर लामिछाने अस्ट्रेलियाको विग वासमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए भने पाकिस्तान सुपरलिगमा पनि उनको प्रदर्शन प्रसंशा योग्य थियो।


unigloble collage
baneshwor multiple campus ad -2083