कर्मचारी समायोजन सम्पन्न १ लाख ३१ हजार कर्मचारी समायोजन

4.76K
shares

काठमाडौँ। संघीयता कार्यान्वयनका महत्वपूर्ण मानिएको कर्मचारी समायोजन पुर्ण रुपमा सकिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी एक लाख ३१ हजार कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो।

त्यस्तै मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको बिहिवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए।

कर्मचारी समायोजन गर्दा संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरले समायोजन गरेको मन्त्रालयले जनाएको छ। जसअनुसार संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय ९७ र स्थानीय तहमा ६६ हजार ९ सय ८ कर्मचारी खटिने छन्।


unigloble collage
baneshwor multiple campus ad -2083