विप्लवले १६ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता

12.1K
shares

काठमाडौं। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही चैत १६ गते शनिबारको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ। बुधबार साँझ नेकपाले एक विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो।

पार्टीका महासचिव विप्लवले सोमबार मात्रै एक विज्ञप्ति जारी गर्दै चरणबद्व संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका थिए। सरकारी प्रतिबन्ध र दमनका विरुद्व नेकपाले बन्दसहितका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दै वर्तमान सरकारलाई चैत मसान्तसम्मको ‘अल्टिमेटम’ समेत दिएको थियो। नेकपाले नेपाल बार एसोसियसनको आग्रहमा बन्द फिर्ता लिएको हो।

यही चैत १६ गते नै बारको निर्वाचन हुँदैछ। बन्दका कारण निर्वाचन प्रभावित हुने भन्दै बारले नेकपालाई बन्द फिर्ता लिन आग्रह गरेको थियो। मंगलबार एसोसिएसनले नेकपालाई बन्द फिर्ता लिन भन्दै एक पत्र समेत काटेको थियो। एसोसिएसनका महासचिव अधिवक्ता खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा बन्द फिर्ता लिन आग्रह गरेको छ। राजनीतिक समस्यालाई राजनीतिक तरिकाले नै समाधान खोजिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083