राष्ट्रिय महिला टोली नेपाल फर्किँदै
वि.सं.२०७५ चैत २८ बिहीवार १५:१०
5.63K
shares
shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहीबार स्वदेश फर्किँदै छ। म्यानमारमा ओलम्पिक छनोट दोस्रो चरणमा सहभागी भएर टोली बिहीबार स्वदेश फर्किन लागेको हो।
टोली दिउँसो ४ बजे थाइ एयरबाट काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ। दोस्रो चरणमा नेपाल घरेलु टोली म्यानमार र भारतसँग ३–१ ले पराजित भएको थियो। समूहको अन्तिम खेलमा नेपालले इन्डोनेसियामाथि २–१ को जित निकालेको हो।
समूह ए बाट शीर्षस्थानमा रहँदै म्यानमार तेस्रो चरणका लागि छनोट हुँदा भारत दोस्रो तथा नेपाल तेस्रो भयो। पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले त्यही लयलाई निरन्तरता दिन सकेन्। कात्तिकमा सम्पन्न पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो।














