एल क्लासिको : रियल र बार्सिलोनामध्ये को पुग्ला शीर्षस्थानमा ?

6.77K
shares

काठमाडौं । विश्वकै बहुप्रतिक्षित क्लब रियल मड्रिड र बार्सीलोनाबिचको एल क्लासिको भिडन्त बुधबार राति हुदैछ ।

बार्सिलोनाको स्टेडियम क्याम्प नेउमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुुरु हुनेछ ।

गत महिना नै हुनु पर्ने प्रतिस्पर्धा क्याटालोनिया क्षेत्रमा भएको गिरफ्तारीले स्थगित भएको थियो।

स्पेनिस ला लिगा अन्तर्गतको प्रतिस्पर्धा रोमाञ्चक हुने पक्का छ। खेलमा जित हात पार्ने टिम लिगको अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ।

दुवै टिमले लिगका १६–१६ खेल खेल्दा ३५–३५ अंक जोडेका छन्। गोलअन्तरमा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ।

एल क्लासिकोका सबैभन्दा बढी गोलकर्ता बार्सिलोनाका लिओनल मेसीले पछिल्ला तीन खेलमा गोल वा एसिस्ट गर्न सकेका छैनन्। मेसीले रियलविरुद्ध अहिलेसम्म २६ गोल गरिसकेका छन्।

खेलमा रियलका कप्तान सर्जियो रामोसले एल क्लासिको बढी खेल्ने रेकर्ड बनाउन सक्नेछन्। बुधबार उनले मैदान उत्रिएमा उनको एल क्लासिको खेल संख्या ४३ पुग्नेछ। उनले यसअघि नै मनोलो सान्चित फ्रान्सिस्को गेन्टो र जाभीको नाममा रहेको ४२ खेलको रेकर्ड बराबरी गरिसकेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083