पीएल क्रिकेटमा काठमाडौँको पहिलो जीत

Nepal Life Insurance Long Ad

कास्की । पर्यटकीय नगरी पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेट प्रतियोगितामा काठमाडौँ गोल्डेन वारियर्सले पहिलो जीत आफ्नो पक्षमा पारेको छ ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि यहाँस्थित रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा पहिलो जीत दर्ता गर्ने क्रममा आज काठमाडौँले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको हो ।

यसअघिका दुई खेलमा पराजित भएको काठमाडौँलाई पहिलो जीत आफ्नो पक्षमा ल्याउने क्रममा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेका छन् । ‘खेलको म्यान अफ दि म्याच’ मल्लले ३८ बलमा आठ चौका र नौ छक्कासहित टोलीका लागि महत्वपूर्ण १०० रनको योगदान दिए ।

धनगढीले टस जीतेर काठमाडौँलाई ब्याटिङको निम्ता दिएपछि उसले १७ ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा १८५ रनको विशाल योगफल तयार गर्न सफल भए ।

प्रतियोगितामा आफ्नो दोस्रो जीतको खोजीमा रहेको धनगढी काठमाडौँले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा १६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७९ रन मात्र जोड्न सक्यो । मौसममा आएको खराबीले गर्दा २० ओभरको खेललाई १७ ओभरमा झारेको छ ।

धनगढीका लागि ओपनिङमा सन्दीप सुनारले खाता खोल्न सक्नुभएन भने रोड्रिगो थोमसले १४ बलमा १० रन लिए। श्रीमान्थ विजयारत्नाले १२ बलमा १५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोर अङ्को रन जोड्न असफल भएका छन्।

काठमाडौँका लागि वसन्त रेग्मीले सर्वाधिक तीन विकेट, पवन सर्राफ र सुवोद भाटीले समान दुई÷दुई तथा अमृत भट्टराई र सुशन भारीले एक÷एक विकेट लिउ ।

काठमाडौँका शुरुआती ब्याट्सम्यान गौरव तमोर तीन बलमा रनको खातानै नखोलि पेभिलियन फर्किनुभयो । अर्का शुरुआती ब्याट्सम्यान जयकृष्ण कोल्सावालले ३७ बलमा ४६ रन जोडेका छन् । त्यस्तै तेस्रो क्रममा ब्याटिङमा आएका अमृत श्रेष्ठले २१ बलमा ३४ रनको योगदान दिए ।

धनगढीका कमल सिंह ऐरीले चार ओभर बलिङ गर्दै चार विकेट लिएर ३७ रन खर्चिनुभयो भने सागर ढकालले एक विकेट लिए । पुस १२ गतेसम्म जारी रहने प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेता टिमले रु १० लाख पुरस्कार हात पारेका छन् ।

त्यसैगरी ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई रु १० हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएका छन् ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...