मनाङ क्लब शीर्ष स्थानमा

Nepal Life Insurance Long Ad

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा बराबरी खेल्दै छ अङ्कका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ । यस्तै दुई खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब छ अङ्कसहित लिगको चौथो स्थानमा छ । जावलाखेल युथ क्लब एकमा जीत दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टिम दुई खेलमा जीत र एकमा पराजित हुँदै चार अङ्कका साथ छैटौँ स्थानमा छ ।

नेपाल पुलिस क्लब एउटामा जीत एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा तथा च्यासल युथ क्लब एक खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन् । सङ्कटा क्लब एउटा खेलमा जीत, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कका साथ नवौँ स्थानमा छ ।

ब्रिगेड ब्वाइज क्लब एउटामा जीत दुई खेलमा हार बेहोर्दै तीन अङ्कसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अङ्कका साथ ११औँ स्थानमा तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै दुई अङ्कसहित १२औैँ स्थानमा छ । लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन अवस्थामा छन् ।

चौथो चरणका खेल आजदेखि शुरु

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजदेखि शुरु हुँदैछ । चौथो चरणका सबै खेल सातदोेबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्सको खेल मैदानमा खेलाइने छ । दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा खेलाउनु परेको एन्फाले जनाएको छ । सातदोबाटोमा आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच तथा मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...