आज देखि कक्षा १२ को परीक्षा शुरु

6.64K
shares

भक्तपुर। कक्षा १२ को परीक्षा देशभर एकैसाथ शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा आज बिहान ७ बजे देखि देशभरका एक हजार ५१ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए ।

परीक्षामा देश भरका तीन हजार ९१२ विद्यालयका दुई लाख आठ हजार २७६ छात्र र दुई लाख छ हजार ९७५ छात्रा गरी कूल चारलाख १५ हजार २५२ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा सबै भन्दा बढी काठमाडौँमा ६१ हजार ९२६ तथा सबैभन्दा कम मनाङमा ८८ जना परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा आगामी २७ गते सम्म सञ्चालन हुनेछ । कक्षा ११ को परीक्षा भने वैशाख ३० गते देखि शुरु भई जेठ २९ गते सम्पन्न हुनेछ ।

परीक्षामा अनैतिक काम गरेको थाहा पाइएमा छ महिना कैद सहित रु एक लाख सम्म जरिवाना ब्यहोर्नु पर्ने समेत व्ववस्था गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083