चिनियाँ राष्ट्रपति किम जोङ र कोरियाका राष्ट्रपति मुन बीच भेटवार्ता

२०७५ वैशाख १४ शुक्रवार
1.6K
shares
काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन बीच ऐतिहासिक गम्भीर भेट वार्ता भएको छ । दुबै देशका शीर्ष नेता शान्ति क्षेत्र गरिएको ठाउँ पानमुनजोमको दक्षिण तर्फको भू–भागमा बनाइएको भवनमा वार्तामा संलग्न रहेका छन् ।
दुई नेताले भेट गर्दा निकै हौसला पूर्ण भावका साथ हात मिलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । सन् १९५३ मा कोरियाली युद्धको अन्त्य पछि दक्षिण कोरियाको भूमि टेक्ने किम पहिलो उत्तर कोरियाली नेता समेत हुन् ।
उत्तर कोरियाले आणविक हतियार छोड्ने गरेको संकेतका विषयमा ऐतिहासिक वार्ता केन्द्रित रहेको बताइएको छ । उत्तर कोरियाले परमाणु कार्यक्रम स्थगित गर्ने घोषणा गरे पछि कोरियाली प्रायद्विपमा शान्तिको सम्भावना बढ्दै गएको छ ।
उत्तर कोरियाली नेता किम जोङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प बीच पनि शिखर सम्मेलनको लागि तयारी भई रहेको अन्तराष्ट्रीय स्रोतले जनाएको छ ।(एजेन्सी)

२०७५ वैशाख १४ शुक्रवार