फेरि बोक्सी आरोपमा राधा चौधरीमाथि कुटपिट

6.64K
shares

कैलाली । जिल्लाको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ। चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए।

कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ। यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो। भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन्।

घोडाघोडी नगरपालिका–५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083