१७ हजार डलर खर्चेर खेलौनासँग विवाह, तत्काल प्रमाणपत्र प्रदान

5.34K
shares

एजेन्सी । जापानका एक ३५ वर्षीय युवकले होलोग्रामसँग विवाह गरेका छन्। स्कुलका प्रशासक रहेको अकिहिको कोडोले १७ हजार डलर खर्च गरेर औपचारिक कार्यक्रम गरी हत्सुन नामको एक भर्चुअल रियालिटी पप स्टारसँग विवाह गरेका हुन्।

कोडोले १७ हजार डलरमा ४० निम्तालुका सामु भव्य रुपमा विवाह गरे। ‘म मिक’ सानलाई धेरै माया गर्छुु, विवाह समारोहमा कोडोले भने, ‘म उनलाई धोका दिन चाहन्न।’ श्रीमती होलोग्राफिक पत्नी बिहानै उठ्ने र आफूलाई स्कुलमा जागिरका लागि पठाउने गरेको उनले बताए। त्यस्तै आफू साँझ घर आउँदा घरमा रहेको बिजुली बालेर स्वागत गर्ने गरेको जनाएका छन्। उनको विवाहको एक खेलौना उत्पादन गर्ने कम्पनीले विवाहको प्रमाणपत्र दिएको छ। गेटबक्स नामक कम्पनीले होलाग्रामको उत्पादन गर्ने गरेको छ।

यो कम्पनीले यस्तै विवाहित ३७ सय भन्दा बढी जोडीलाई प्रमाणपत्र दिएको छ। जापानमा पछिल्लो समय विवाह गर्ने युवायुवतीको संख्या घट्दै गएको छ। कामको बोझ र पारिवारिक झमेलाले गर्दा युवायुवतीले खेलौनासँग विवाह गर्ने प्रचलन बढ्दै गएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083