सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारी बर्खास्त
वि.सं.२०७५ कात्तिक २७ मंगलवार १४:००
8.39K
shares
shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दिर्घ सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका छन्।
आन्तरिक विवादका कारण उनलाई पदमुक्त गरिएको भट्टको सचिवालयले जनाएको छ। सोडारी निकट स्रोतले पार्टीको आन्तरिक गुटबन्दीका कारण मन्त्रीबाट हटाइएको आरोप लगाएको छ। सोडारी एमालेका कैलाली जिल्ला अध्यक्ष हुन्।





















