बर्खास्त सोडारी भन्छन्- ‘म गुटबन्दीको सिकार भए’

5.59K
shares

कैलाली । मन्त्रीबाट पदमुक्त भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले गुटबन्दीका कारण आफूलाई बर्खास्त गरिएको आरोप लगाएका छन् । उनले बर्खास्तपछि भने, ‘म तत्कालिन एमालेको जिल्ला अध्यक्ष भएदेखि नै पार्टीको एक खेमालाई चित्त बुझेको थिए, मन्त्री बनेपछि उनीहरुले मेरो सानासाना कुराहरुलाई मुद्धा बनाउँदै लविङ गरे।

म पार्टीको इमान्दार कार्यकर्ता हुँ। विगतमा पार्टीले मन्त्री बनाएको थियो। अहिले पनि माननीय नै छु। प्रदेशको विकासमा सहयोग निरन्तर जारी रहनेछ। आज नै प्रदेश सरकारले उनको स्थानमा प्रदेश सभा सदस्य कृष्णराज सुवेदीलाई मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ । मन्त्री सोडारीमाथि पदीय मर्यादा दुरुपयोग गरेको आरोप पटकपटक नेकपा भित्रकै नेताले लगाउँदै आएका थिए। उनी पार्टीमा माधव नेपाल निकटका मानिन्छन् ।

आफ्नो स्थानमा आउने सुवेदीलाई आफूले पूर्ण रुपमा सहयोग गर्ने सोडारीले बताए। आफ्नो नौं महिने कार्यकालको समीक्षा गर्दै सोडारीले आफूले प्रदेश सरकारले ल्याएका योजनाहरु कार्यान्वायनमा शतप्रतिशत दिएको दाबी गर्दै आगामी दिनमा आफूले ल्याएका कार्यक्रममलाई नयाँ मन्त्रीले पनि निरन्तरता दिने बताए।


divya collage
unigloble collage