नेपाली कप्तानलाई अर्को सफलता, चर्चित क्रिकेटरलाई पछि पारे !

7.33K
shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका एकसेएक राम्रा खेलाडीलाई पछि पार्दै शीर्ष ५० भित्र परेका हुन्।

इङ्ल्यान्डका जोय रुट, बेन स्टोक्स, वेस्ट इन्डिजका काइरन पोलार्ड, जिम्बावेका सिकन्दर राजाजस्ता खेलाडी पारसभन्दा पछाडि परेका छन्। रुट ४३ औं, पोलार्ड ४६ औं, स्टोक्स ४८औं र राजा ५३ औं स्थानमा छन्। पारस टीट्वेन्टी क्रिकेटको ब्याटिङतर्फको वरीयतामा पनि समावेश छन्। उनी ब्याटिङतर्फ समावेश एक सय खेलाडीमध्ये ९३ औं स्थानमा छन्।

टीट्वेन्टी खेलाडीको ब्याटिङतर्फ नेपाली खेलाडीमा उनी मात्र परेका छन्। अलराउन्डरतर्फ भने पारससँगै सोमपाल कामीले पनि स्थान पाएका छन्। अलराउन्डरतर्फ सोमपाल ६४औं स्थानमा छन्। उनीभन्दा पछाडि न्युजिल्यान्डका मार्क चापम्यान, दक्षिण अफ्रिकाका क्रिस मोरिस, अस्टे«लियाका मिचेल मार्सलगायतका खेलाडी छन्। सोमपाल टीट्वेन्टी क्रिकेटको बलरतर्फको वरीयतामा पनि समावेश छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083