गर्भनिरोधक चक्कीको प्रयोग गर्दागर्दै पनि किन हुन्छ गर्भाधारण ?
वि.सं.२०७५ कात्तिक २९ बिहीवार १५:४२
shares

काठमाडौं । गर्भनिरोधकको विभिन्न साधन मध्ये महिलाहरुले प्रयोग गर्ने साधन खाने चक्की पिल्स हो । यो ओरल कन्ट्रासेप्टिभ पिल्सको सेवन गर्दा दम्पतिले आफ्नो इच्छा अनुसार गर्भाधारण गर्न सक्छन् । एक–दुई वर्ष जन्मान्तर राख्नको लागि पिल्स एक उत्तम उपाय हुन सक्छ ।
९९.९ प्रतिशत भरपर्दो र विश्वासिलो मानिने पिल्स कहिलेकाही फेल हुन्छ । जसको पछाडि केही कारण हुन सक्छ । गर्भनिरोधक चक्कीले सेवन गर्ने महिलाको हर्मोन नियमित गर्छ । यसको साथै यस चक्कीको मुख्य काम भनेको ओभुलेसनमा (अण्ड निश्कासन) बाधा पुर्याउनु हो ।
जुन महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड, कलेजो, रगत सम्बन्धी समस्या छ यो औषधीको सेवन गर्नु अघि डाक्टरको परामर्श लिनु आवश्यक छ । स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा। बालकृष्ण शाहका अनुसार गर्भनिरोधक चक्की पिल्सको प्रयोग सहि समयमा सहि तरिकाले गर्नुपर्छ । यदि पिल्सको प्रयोग सहि प्रकारले गरिएन भने प्रभावकारी हुँदैन् ।
यी कुरामा ध्यान दिनुपर्छः
कसैकसैले बाथरुममा या कारको बोनटमा औषधी राख्ने गरेको पाइन्छ । यस्तोमा गर्भनिरोधक गोलीको असर कम हुन्छ । गर्भनिरोधक चक्कीको प्रभावकारी यथावत् राख्नको लागि २५ डिग्री सेन्टिग्रेडको तापक्रममा राख्नुपर्छ ।
यी हुन कारण
गर्भनिरोधक चक्की फेल हुनुको पछाडि अन्य कारणहरु पनि हुन्छ । पिल्स चक्कीको सेवन गर्ने वित्तिकै या केहि समयपछि वान्ता भएमा औषधीको असर शरिरमा हुँदैन् । यस्तोमा गर्भाधारण हुने सम्भावना बढि हुन्छ । वान्ता भएमा दोहोराएर औषधी खानुपर्छ । जुन महिलाको पाचन प्रणालीमा समस्या हुन्छ त्यस्ता महिलाहरुलाई पनि गर्भनिरोधक चक्कीको प्रभाव कम हुन्छ ।
कहिलेकाही महिलाको मेडिकल हिस्ट्री पनि गर्भनिरोधक चक्कीको निष्प्रभाव पार्छ । त्यसैले गर्भनिरोधक चक्कीको सेवन गर्नु पहिले डाक्टरसँग सल्लाह लिनु आवश्यक हुन्छ । साथै कुनै औषधीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो पनि बताउनुपर्छ ।
धूम्रपान
धूम्रपान गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यदि गर्भनिरोधक चक्कीको सेवन गर्दै धूम्रपान गरेमा औषधीको प्रभाव कम हुन्छ । यसको साथै स्ट्रोक र हार्ट अट्याकको सम्भावना पनि बढछ । निकोटिनले ब्लड प्रेसर र हार्ट रेटको बढाउँछ ।
































