प्रधानमन्त्री ओलीसँग युएनका उपमहासचिवको शिष्टाचार भेट

4.81K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घ ९युएन० का उपमहासचिव अमिना जे मोहम्मदले शिष्टाचार भेट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले युएनको शान्ति अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको स्मरण गराउनु भएको छ ।

उपमहासचिव मोहम्मद शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अभियानमा भाग लिन बुधबार नेपाल आउनु भएको हो । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धि निर्माणमा संयुक्त राष्ट्रसङ्घले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रसङ्घको ७३ औँ महासभामा भाग लिने क्रममा पनि यस विषयमा संयुक्त राष्ट्र सङ्घका महासचिवसँग विस्तृतमा कुराकानी भएको छ ”, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै उहाँले भन्नुभयो, “नेपालको शान्ति, विकास र समृद्धिका लागि युएनले गरेको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।

यसैगरी उपमहासचिव मोहम्मदले नेपालले दिगो विकास लक्ष्य सन् २०३० हासिल गर्नका लागि गरेको प्रयासको प्रशंसा गर्नुभएको परराष्ट्र सल्लाहकार डा भट्टराई जानकरी दिनुभयो । उहाँका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेको समेत उल्लेख गर्नुभएको छ । रासस