निर्वाचन कानुन सुधार गर्न सरकारसँग आयोगको माग

5.55K
shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि दोहो¥याए। निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने निर्वाचनको मिति कानुनमै तोकि दिन उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ।

निर्वाचन आयोगले निर्वाचनको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा संचालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्नजाने स्पष्ट परे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083