प्रकाशको सम्झनामा आमा सीतालाई कसैले सम्हाल्न नसकेपछि…

5.84K
shares

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र साकार दाहालको निधन भएका आज एक वर्ष । गत मंसिर ३ गते प्रचण्डका दाहिने हात प्रकाश एकाएक यो संसार छोडेर गए । प्रकाशको सम्झनामा सोमवार स्व.प्रकाशको प्रथम स्मृति दिवसको आयोजना गरियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृति दिवसमा दाहाल परिवारका सबै सदस्य सहभागी । उनीहरु सवै भावुक थिए । हुन त कार्यक्रममा आएका सबै भावुक नै थिए । तर दाहाल परिवार निकै पीडामा थियो ।

स्मृति दिवसमा प्रकाशकी आमा सीता दाहाल भने कार्यक्रम अवधीभर रोईमात्र रहिन् । सन्तान बियोगको पीडा आमा र बुबाका लागि समान हुन्छ । तर, आमाको माया अति नै हुन्छ । जुन कुरा सीताले कार्यक्रम अवधीभर देखाईन् ।

छोराको यादमा उनका आँखा निरन्तर रोईरहे । तीन वर्षअघि जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो । पुत्री वियोग र आफ्नै शरीरले खेपिरहेको रोगबाट कमजोर बन्दै गएकी सीता पुत्र वियोगपछि सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । श्रद्धान्जली कार्यक्रममा दुई छोरीहरु रेणु र गंगाले पनि सीतालाई सम्हाल्न सकेनन् ।रासस