फोहोर व्यवस्थापनमा अबरोध पुर्याउने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

6.12K
shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पुर्याउने कर्मचारीलाई कडा कार्वाही गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फोहोरमैला व्यवस्थापनको काममा अवरोध पु¥याउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन्।

सोमबार काठमाडौंको टेकूस्थित फोहोर व्यवस्थापन केन्द्रमा फोहोर व्यवस्थापनसम्बन्धि प्रविधि परीक्षण कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ ४० लाख भन्दाबढी मानिस बस्ने काठमाडौंमा फोहोरको व्यवस्थापन गर्न अवरोध पुर्याउने जोकोहीलाई पनि कार्वाहीको दायरा ल्याउन सम्बन्धित निकायलाई सचेत गराए।

उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सिसडोलको विकल्पबारे पनि छलफल भईरहेको जानकारी दिए। सिसडोल नजिकै रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका लागि आवश्यक छलफल भईरहेको मेयर शाक्यको भनाइ थियो।

मेयर शाक्यले काठमाडौंको फोहोरमैला व्यवस्थापनसम्बन्धि तथ्यपरक समाचार सम्प्रेषण नगरेको भन्दै संचारकर्मीहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे। कार्यक्रममा फोहोर व्यवस्थापन गर्दा स्वास्थ्य प्रतिकूल हुने खालका किटाणुलाई निषेध गर्ने विधि र प्रक्रियाका बारेमा जानकारी गराइएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083